जिन्दगी एक स्केच : डुकछिरिङ लेप्चा (कविता )

जिन्दगी एक स्केच :  डुकछिरिङ लेप्चा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।

कहिले काहीं
मेरो घर पछाड़ी
ठूलो जून उदाउछ ।
चिहाउछ घरिघरि
कटुसको झयालबाट
मलाई के –के भन्दै
उत्साह दिरहन्छ ।
म उसको तस्वीर लिन आतुरिन्छु ।
त्यतिबेला,
मौका छोप्नेले
बोरा –बोरा चामल
ओसारी सकेका हुन्छन् ।
यो
जिन्दगी कहिले
पनिर पकौंड़ा बोक्ने
भांड़ोसित ठोकिन पुग्छ ।
जिन्दगी,
निउटल –फेसको जोड़ीसित
ठोकिन पुग्छ ।
कहिले,
गांवभरिका युवाहरूले
थापेको जलधन योजनासित
ठोकिन पुग्छ ।
गिदोन, आमोस, लुकास
यस्तै छ मेरा सहपाठीहरूको गहकिलो नाम ।
मेहनत चाही नगर्ने होईन
तेंदुलकर झैं केटाहरू ।
राङभाङ खोला झैं
स….ल….ल….ल
बगिरहेछ जिन्दगी ।
यसैले,
घाम जून तारालाई हेरी
थाक्नु हुँदैन कहिले जिन्दगी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।