आशाको रङ्ग : सम्पदा पाण्डे

आशाको रङ्ग : सम्पदा पाण्डे

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

सुनौलो बिहानी, शीतको थोपा,
कोपिलामा लुकेको एउटा सानो सपना ।
हिमाल हाँस्छ, हिउँको मुहारमा,
खुसी नाच्छ यहाँ, प्रकृतिको काखमा ।
समयको नदी, सुस्तरी बग्छ,
मिठो यादको सधैं यहाँ बास बस्छ ।
दुःख र सुख त आउने जाने छाल हो,
मुस्कुराई बाँच्नु नै जीवनको ताल हो ।
हातमा हात होस्, मनमा विश्वास,
सधैं रहिरहोस् एउटा नयाँ आस ।
संसार यो सुन्दर छ, हेर्ने नजर भए,
अँध्यारो पनि हराउँछ, मनमा उज्यालो भए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।