विदेशमा पुगे पनि : पदम दाहाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७।
विदेशमा पुगे पनि यो देशको माया
नबिर्सियोस् नेपाली भै हिमालको छायाँ ।
यहीं खेलिर’न्छ डाँफे मैना चरी डुल्छ
लालिगुँरास लालुपाले लेकबेँसी झुल्छ ।
पहाड पाखा हरियाली तराईँको बाली
हिमनदी छाँगा छङ्छङ् मेची महाकाली ।
पहिलो झुल्को सगरमाथा अट्छ अँगालोमा
शान्ति बोक्ने मेरै बुद्ध बल्छ अँध्यारोमा
शैल शिखर गुफा किनार तीर्थभूमि नै हो
टाढा भए मनै खिँच्ने शान्तिभूमि यै हो ।
यस्तो गर्व बिर्सिएर छोड्दा पाप लाग्छ
आफ्नो भेष भाषा बोली बिर्से श्राप लाग्छ
जन्म दिने आमाको काख माया गाँस्नुपर्छ
गाँस–वास संस्कार लाख हर्ष साट्नुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
