दोष : निर्मला बराल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७।
“के को हल्ला हो ?” लौँरो टेक्दै आएका मुखिया बाले माल्दाइलाई सोधे !
सँगै जाऊँ, “म पनि त्यही हल्ला भएतिर हिँडेको मुखिया बा !” माल्दाइले भने ।
“हान, हान ! यसलाई, अझै चोरी गर्छस् ?” सुन धनीले लात लगाए ।
“ए यसलाई पुलिसको जिम्मा लगाओ न, कानुनले गर्छ जे गर्छ ?” मुखिया बा बोले ।
“यतिको लक्का जवान मान्छे चोरी गर्न लाज लाग्दैन ?” चोरी गर्नु त पाप पनि हो । कतैबाट आवाज आयो ।
राताम्मे शरीर उठाउदै आक्रोसको स्वरमा बोल्यो । “हाम्रा बाले पनि खान नपाउँदा बासी भात चोरेर खादाँ यसैगरी कुटाई खाएका थिए रे !” अहिलेसम्म घरमा थला परेका छन् ।
“के हामी गरीब सँधै गरीब हुने ? आवश्यकता नभए मलाई किन चोर्नु पथ्र्यो ? न पढ्न पाए न रोजगारी छ । म पनि यहीँ पेटकै लागि हो, नत्र चोर्नु रहर कहा हो र ?” सुस्तरी भूईँमा बस्दै भिडतिर हेर्दै बोल्यो, “के गरीब भएर जन्मनु मेरो गल्ती हो र ?, तर म सधै गरिब भएर भोको मर्नु कस्को दोष हो ?”
माल्दाइले भने, “वास्तवमा हाम्रो देशको यो त एक पात्र मात्र हो !”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
