यस्तालाई के भनौ : रविन्द्र आशिष् शैली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७।
बत्ती नबाली
उज्यालो हुन्न
खुट्टा नउचालि
गन्तब्य पुगिन्न
रात नढलि
बिहान कहाँ हुन्छ ?
यहाँ यसरीनै
सट्टपट्टाको खेल हुन्छ
यी कुरा बुझ्नेहरूले
सिखर चढ्छ
नबुझ्ने फेदिमै अडकिन्छ
अडकिएपछि फेदिमै
पेट सुासुम्याउदैमा
कहाँ पेट भर्छ
बसि बसि गन्तव्य
को पुगेको छ अहिलेसम्म ?
हो
बिहान नदेखेकाले
उज्यालोपनि देखेको हुन्न
र
आफुले
अल्सीको माला भिरेपछि
अचम्म !
जिन्दगीसँग उनै उल्टो किन रिसाउछ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
