कारबाही : छायाँदत्त न्यौपाने (लघुकथा)

कारबाही : छायाँदत्त न्यौपाने (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

कति बेस्त हौ तिमी ! अँ, म बेस्त, तिमी भने फुर्सदै फुर्सदमा हगि ! हँ, कति सारो झोंक, दुई मित्रको ! तिमी आफै भन यो कतियौंपटकमा आज झुल्क्यो ! अंशुको कुरा सुनेर धनेशले हाँस्दै हो नि बिर्खे तँ, अस्ति र त्योभन्दा अघिल्लो पटक पनि आइनस् । हो म आइनँ तर किन आएन बिर्खे भनेर सोध न । आउन मन नभएर हो र ?बिर्खे रनक्क रन्केपछि अब यसैलाई पहाड नबना, हामीले पनि तँलाई छुटायौं भनेर दुखी भा हो किन रन्क्या तँ ? अंशुले थुमथुम्यायो ।
ल, ल, भैगो, बरु के खाने ? उम… त्यै मासको दाल र फापरको ढिडो,बिर्खेले प्रस्ताव ग¥यो । धनेश र अंशु सहमत भए ।
भन,बिर्खे के छ, तेरो काम कस्तो चलिराछ ? अंशुले कामको कुरा झिक्यो । खै के भनौं, मान्छे काम गर्दैनन्, झारा टार्ने, ठगेर खानेहरू बढे। मिहिनेत गर्दैनन् के भाको, मान्छे कति सारो बिग्रेका ! बिर्खेले समाज श्रमहीन भइदियो, कसरी प्रगति हुन्छ भन्ने चिन्ता गरे ।
हो, तैंले भनेजस्तै मकहाँ पनि समयमा काम हुँदैन, भनेको दिन सेवा दिनै सकेको छैन । कर्मचारी यो र त्यो निउ पारेर विदा बसिदिने, अझ बच्चा बिरामी भनेर ढाँटेर विदा लिने कस्तो दुख लाग्दो स्थिति छ । काम नगर्ने सेवासुविधाका कुरा भने कति ठुला ? धनेशले उस्तै पीडा पोखे ।
तिमीहरूले भनेजस्तै छ जताततै । इमानदार मान्छे भेट्न गारो । यो समस्या राजनीतिक पार्टीले ल्याएको हो । अंशुले समस्याको जरो राजनीति हो भनेपछि कसरी ? दुवैले जिज्ञासा राखे ।
तिमीहरूलाई थाहा छैन कि होइन जस्तो लाग्यो ? जे भए पनि तँ प्रस्ट पार न तेरो तर्क सुनम । ए , त्यसो पो, ल सुन– हामी निजी व्यावसायीका कर्मचारीले त नियमित काम गर्नुपर्ने हो नि गर्दैनन् किन कि काम गरिनस् भनेर कारबाही गर्न खोजे पार्टीले दिँदैन । सरकारी निकायतिर हेर राजनीतिक पार्टीका नेताहरूले तेरा यति मेरा यति, सल्लाह गरी गरी भागबन्डामा अपराधी जोगाउँछन् । हामीलाई पनि कामचोर कर्मचारीलाई कारबाही गर्न दिँदैनन् हस्तक्षेप गरिहाल्छन् कतिसम्म निर्लज्ज पार्टीका मान्छे !
हो यार अंशुको कुरामा दम छ दुवैले समर्थन गरे ।
ल, तैंले मूल बिग्रेर समस्या बढ्यो त भनिस् तर समाधान के त ? ए समाधान पनि मैले खोजिदिनुपर्ने ?
समाधानको उपाय सजिलो छ, चाहनुपर्छ राजनीतिक पार्टीले ! १ महिनामा कायापलट हुन्छ । त्यत्रो ठुलो डरलाग्दो क्यै छैन । ठ्याक्कै भन्न किन लम्बेतान । राजनीतिक पार्टीहरूले तेरो मेरो नभनी छाता नओढाई अपराधीलाई कारबाही गर्ने हो भने सुल्झिहाल्छ । पार्टीको आड नपाई कसले कानुन मिच्छ ? ठगेर खाने आँट कहाँबाट आउँछ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।