विमुख :महेन्द्र नेउपाने (लघुकथा)

विमुख :महेन्द्र नेउपाने (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

“लु बुबा, यो मेरो अन्तिम प्रयास हो ।” छोरोले लामो सास तानेर भन्यो ।
बुबा भने आफ्नो बिचारलाई रचनामा बदल्न तल्लीन थिए । छोराको आवाज कानमा पर्नासाथ उनी खुसी भए । मोबाइल हातमा लिएर तुरुन्त आफ्नो चिरपरिचित छात्रलाई फोन लगाए र भने, “छोरोले लिखित परीक्षा दियो, अब तिम्रो जिम्मा !”
उताबाट आश्वासनरूपी जवाफ आयो, “लिखितको नतिजा आउन दिनुस् । माथिकाले कसकसलाई सिफारिस गर्छन्, हेरौँ ।“
आक्रोसित हुँदै उनले भने, “ए, अब मैले पार्टीबाट सिफारिस लिनु पर्यो ? पढाइमा गोल्ड मेडल ल्याएको कुनै महत्व छैन ? पैसा पनि खर्च गर्नु पर्ने हो ?”
उताबाट हाँस्तै जवाफ आयो, “पद्धती नै त्यस्तै छ, म के गरूँ ?”
बुढा कोर्दै गरेको कागजलाई पञ्छाएर जुरूक्क उठे । श्रीमतीको हात समातेर बाहिर ल्याउदै भने, “हिँड ।”
“कहाँ ?” श्रीमतीले छक्क पर्दै सोधिन् ।
“वृद्धाश्रम । अब छोरो पक्का विदेसिन्छ ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।