माउन्ट कैलाश बोर्डिङ्ग स्कुल बुढानिलकण्ठ -११ मा बिज्ञान तथा हस्तकला प्रदर्शनी सम्पन्न

माउन्ट कैलाश बोर्डिङ्ग स्कुल बुढानिलकण्ठ -११ मा बिज्ञान तथा हस्तकला प्रदर्शनी सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको माउन्ट कैलाश बोर्डिङ्ग स्कुलमा बिज्ञान तथा हस्तकला प्रदर्शनी सम्पन्न भएको छ।

बागमती प्रदेशका  श्रम रोजगार तथा यातायात मन्त्री , जयाराम थापाको प्रमुख आतिथ्यता र  वडा नं ११ का अध्यक्ष राजु अधिकारीको विशेष आतिथ्यतामा भएको सो प्रदर्शनीमा विद्यार्थीहरुले तयार गरेका विभिन्न सामाग्रीहरुको प्रदर्शन गरिएको थियो।

स्कुलका सञ्चालक समितिका अध्यक्ष राजेश्वर तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथि तथा अभिभावकहरुले विद्यार्थीहरुको प्रस्तुति अवलोकन गर्नुका साथै सुझाव समेत प्रदान गरेका थिए।

स्कुलका प्रिन्सिपल प्रतिमा पाण्डेयले संचालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा स्थानीय समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।