झुटको खेती : बालकृष्ण गजुरेल (लघुकथा)

झुटको खेती : बालकृष्ण गजुरेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

“अब सामाजिक वन परियोजना बनाउनु पर्छ ।” २०५० साल पछिको त्यो आवाज सम्झियो बिष्णुले ।
सामाजिक बनको राम्रै नारा चल्यो । वन समाजमा हस्तान्तरण भयो पनि । केही आइएनजिओले फन्ड दिए । देशब्यापी रुपमा हरियाली कार्यक्रम चल्यो । वनजंगल सबै गाउँलेका साझा धन भयो । सबैले उपभोग गर्न पाउने नियम बनाए । बिष्णु विगत सम्झेर झस्के ।
“सञ्चै छौ काका ? झस्केको देख्छु ।” रमणले बिष्णुलाई देखेर सोधनी गर्यो ।
हरियो वन नेपालको धन नारा मात्र भयो । बाठाहरूले तस्कर सँग मिलेर वन जंगल विनाश गरे । त्यो पहिरो माथिको उनको घर बेघर हुने संकेत थियो । पहिरो तिर हेरेर तर्सँदै उनले भने, “झुटको खेतीले आयस्ता नदिने रहेछ बाबै ! कसरी सञ्चो ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।