आन्तरिक शंका : आकाश अधिकारी (लघुकथा)

आन्तरिक शंका : आकाश अधिकारी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,असोज ४।

फेसबुकको स्टोरी खण्डमा एक झल्को देखियो निता र कमल कालो पोशाकमा चम्किएका जोडी, मुस्कानले भरिएका अनुहार । निताले लेखेकी थिइन् मेरो मुटुको टुक्रा कमल अर्थात् “तीन सन्तानका पिता, सेलिब्रिटी, र कति महिलाको ‘एक समयको सपना’ । निताको मनमा भने उनी केवल कमल थियो तर स्क्रिनको अर्को पाटोमा, टिप्पणीहरूको बाढी थियो ।
१) “यो मान्छे ले त मज्जाको जिन्दगी बाँच्दैछ ।” २) “कालोमा कालो, जस्तै उनीहरूको मुट । ३) “उनीले रितालाई पनि यस्तै भनेको थियो नि !”
४) “फेरि अनलाइन सासु– ससुराको रोइलो सुरु हुँदैछ ।”
५) “ठिकै छ, तर याद गर, उसले कसैलाई पहिले पनि सधैँ तिमी मेरी हौं भनेको थियो ।” निता ती टिप्पणी पढ्थिन् तर केही बोल्दिनथिन् । मोबाइलको स्क्रिन टक्क घुरेर हेर्थिन् र एक थुप्रो भावना मनभित्र गुम्सिएका थिए शंका, भरोसा, प्रतिस्पर्धा, र घमण्ड । उनले फेरि फोन उठाइन्, नयाँ फोटो खिचिन्, क्याप्शन लेखिन्—“मेरो मुटु मेरो धड्कन अनि पोस्ट गरिन् । बाहिरको संसारमा आलोचना र व्यङ्ग्य चलिरह्यो । अन्तर्मनमा चाहिँ निताले आफ्नै मनलाई सोधिरहेकी थिइन् ‘के साँच्चै ऊ मेरो हो त सधैँको लागि ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।