हाम्रो मातृभूमि ईस्कुल : कमला श्रेष्ठ (कविता )

हाम्रो मातृभूमि ईस्कुल : कमला श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ,भाद्र २८।

हाम्रो घरको आडैमा मातृभुमी ईस्कुल
दुई हजार नौसालमा इस्कुलको जन्म भो ।
गाउका सबै बालबच्चाले पढन पाउने भो ।
राणा शासन हटेर प्रजातन्त्र आएको ।
बल्ल बल्ल नेपालीले पढन पाएको ।

निरक्षर थे गाउलेहरू पढ्न लेख्न नपाई ।
इस्कुल खुल्ने कुरा सुनी खुशी भए गाउले सबै ।
गाउका सबै गाउलेहरू मिली ईस्कुल बनाए ।
टाडाबाट पनि बच्चा पढन पठाए ।

प्राईमरी इस्कुल हाम्रो झोपडी नै भएनी ।
हाम्रो इस्कुल लाग्थ्यो हामलाई स्वर्ग समान नी ।
हामले आखा देखेको मातृभुमि इस्कुल ।
सम्झनामा आईराखछ पढ्दाको पल ।

एकजना मानिस थिए विदेशमा गएका ।
विदेशमा बसि उनले शिक्षा पाएका ।
आए उनी हाम्रो गाउ देबदुतै बनेर ।
खोले इस्कुल सयगजा जिल्ला सातुपसल पढन भनेर ।

नाम राखे इस्कुलको मातृ भुमि भनेर ।
आउथे बचचा पढन भनि डाडै काटेर ।
चार नम्बरमा एउटा इस्कुल सतौ सातु पसल ।
पढन पायौ हामीहरू भयो असल ।

किताब पनि थिएन कपि कलम थिएन ।
कमेरोले लेख्थ्यौं हामी काठको पाटिमा ।
बुबा बनाई दिनु हुन्थ्यो निगालाको कलम ।
धेरैपछि लेखन पाइयो कपिहरूमा ।

बुबा मेरो खुशि भई इस्कुल सेवा गर्नुभो ।
बच्चा पढन पाए भनि खुशी हुनुभो ।
हरतरहको सहयोग बुबालेनी गर्नुभो ।
छोरा छोरीको भबिष्य उज्जल पार्नुभो ।

नामै कति राम्रो छनि मातरृ भुमि इस्कुल ।
जन्म घर आउदा देख्न लाग्छ रहर ।
धेरै विकास भाको रैछ मातृ भुमि इस्कुलको ।

पहिलो ईस्कुल चार नम्बरमा यहि खुलेको
मलाई अति माया लाग्छ मातृ भुमि इस्कुलको ।
कति धेरै बालबच्चाको जीवन सुधार भो ।
चारैतिर नाम चलोस मातृभुमि इस्कुलको ।
विकासको पहिलो मुल हाम्रै इस्कुल हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।