केही हाइकु : शान्तिनारायण श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ,भाद्र २८।
१. मिठो बोलीमा
अटाउँछ संसार
मन्को झोलीमा ।
२. लेक गुराँस
बेसी पूmल्यो पलाँस
मनै खलाँस ।
३. आत्मा अमर
अनित्यछ शरीर
मन अधिर ।
४. फोका पानीको
जस्तै जिन्दगानीको
छैन भरोसा ।
५. अहो ! जिन्दगी
लोभ मोह तेष्णको
भयो बन्धकी ।
६. हाम्रो जीवन
मरुभूमि समान
प्रेम बिनाको ।
७. बुप्से छहरा
एक्लै धून अलपि
रुन्छे विचरा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
