कुमती : गीता बराल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
बास बस्नसम्मको एउटा सानो घर छ । एक तला भाडामा अरु आफूलाई ।साँघ्ुरो गल्लीभित्रको घर भएर त्यति धेरै भाडा उठ्दैनथ्यो । राजसीलाई त्यो दस पन्ध्र हजार त बत्ती, पानी, वाइफाइ, रासनआदीमा टुमटुम नै हुन्थ्यो ।
जेठदेखिको रौनकबोकेर तिज बल्ल सकिएको थियो । राजसीलाई तिज सुरु नभइकन देखि मन परेको पान बुट्टे सारीको धोको फेर्न नपाउँदै तिज सकिएको थियो । तरकारी किन्नभनेर यसो चोकमानिस्किएकी के थिई उसले त्यो पान बुट्टे सारीको मूल्यखत्रक्कै झरेको थाहापाई ।
सारी पसलमाथरिथरिका सामानहरू खचाखचथिए । सारी, जुत्ता, ….अन्यश्रीङ्गारका सामाग्री । आँखाकहिल्यै नअघाएका के सारो राम्रा राम्रा । राजसीले धोको फेर्ने विचारले सारी पसलभित्रपसी । उसका पछिपछि अरु ग्राहकहरू पनिआए । पसले सारी देखउनतिर व्यस्तभयो । मान्छे मान्छे ….. कतिबिघ्न मान्छे हाउ….. एक किसिमले त राजसीको मन आनन्दितपनिभयो । मजस्तायतिकामहिलाले धोको फेर्न नपाइ तिज सकिएछ । राजसीले सोची, “आ…. के देख्ला र ! यही तरकारीको झोलामा सुक्क राखूँ?” दायाँबायाँ चारैतिर आँखा डुलाई । उसलाई कसैले हेरेको थिएन । तरकारीको झोलामा केही तरकारीले छोपेर पानबुट्टे सारी सुटुक्क राखेर राजसी पसलबाट बाहिरिई ।
मनभरि अनेककल्पनाआवतजावत गर्न थाले । राजसीले चोलोको डिजाइन सोची, यसमालाउने हिलजुत्ता, बोक्ने ब्याग, पोते, चुरिया, टिकीया सब त मिल्नु पर्छ नि ! ओहो….! फल्स र पेटीकोट नि ? म पनि कस्तो सुद्धि हराको मान्छे …. अव यो सालको तिज त गइगयो । टोलको शुभकामनामालगाउँ….. ? हैन … हैन… यहीपसलेले देख्छ । राजसीएक्कासीझस्किई ।
कहिले लगाऊँ…. ? साथीकी छोरीको बिबाहआउनलागेको छ त्यतिबेला… ? हुन्छ ….. मन मनै मनलाई धन्यवाददिँदै के थिई हातमासिसिक्यामेराको पुटेज सहितदुईचार जना टोलबासीमहिलापो टुप्लुकै । “पुलिस ठानामा लैजाऊँ कि…. ? तेरा जगटा यहीँ छरुँ हँ…. ? राजसीको सातोपुत्लो गयो । उसको सपना जस्ताकोतस्तै रह्यो । वर्तमानयथार्थसँग कुनै विकल्पथिएन । ग्लानी र पश्चातपले राजसीको अनुहार कालो निलो भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
