बुढानीलकण्ठमा भाद्र २८ गते राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन हुने

बुढानीलकण्ठमा भाद्र २८ गते राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २२।

राष्ट्रिय स्वतन्त्र पार्टीले बुढानीलकण्ठ नगरमा पहिलोपटक नगर अधिवेशन गर्ने भएको छ। आगामी भदौ २८ गते शनिबार बिहान ११:०० बजे अधिवेशन आयोजना गरिएको छ।

 ताज प्यालेस ब्याङ्क्वेट, गल्फुटार, बुढानीलकण्ठ नगरपालिका–७ मा हुने अधिवेशनमा स्थानीय स्तरका सदस्य, समर्थक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थित रहनेछ।

यस अधिवेशनमार्फत संगठनलाई अझ मजबुत बनाउने, स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउन रणनीति तय गर्ने र आगामी गतिविधि सार्वजनिक गर्ने तयारी गरिएको पार्टीका नगर समितिले जानकारी दिएको  छ।

तपाइँको प्रतिक्रिया ।