झुटको खेती : बालकृष्ण गजुरेल ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
“अब सामाजिकवन परियोजना बनाउनु पर्छ ।” २०५० साल पछिको त्यो आवाज सम्झियो बिष्णुले ।
सामाजिकवनको राम्रै नारा चल्यो । वन समाजमा हस्तान्तरण भयो पनि । केहीआइएनजिओले फन्ड दिए । देशब्यापी रुपमा हरियालीकार्यक्रमचल्यो । वनजंगल सबै गाउँलेका साझाधनभयो । सबैले उपभोग गर्न पाउने नियमबनाए । बिष्णु विगत सम्झेर झस्के ।
“सञ्चै छौ काका?झस्केको देख्छु ।” रमणले बिष्णुलाई देखेर सोधनीगर्यो ।
हरियो वननेपालको धन नारा मात्रभयो । बाठाहरुले तस्करसँग मिलेर वनजंगलबिनाश गरे । त्यो पहिरो माथिको उनको घर बेघर हुने संकेत थियो । पहिरो तिर हेरेर तर्सँदै उनले भने, “झुटको खेतीले आयस्ता नदिने रहेछ बाबै ! कसरी सञ्चो ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
