यसैको नाम हो जिन्दगी : नीता गुरूङ्ग

यसैको नाम हो जिन्दगी :  नीता गुरूङ्ग

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

जन्मेपछि नमरून्जे
बाँच्न करै लाग्छ ।
जीवनको स्वास चलुन्जेल
संसारमा अनेक भोगाई
भोग्नु पर्दछ ।

यात्रा निकै कठिन छ
कतै माया छ भने, कतै
घृणाको झार पनि हुन्छ,
कतै मनसँग मन
मिल्छ भने, कतै
आत्मीयताको अभाव
पनि भेटिन्छ ।

कतै आफन्तमा
परायाको झलक
देखिन्छ भने, कतै
पराइमा आफन्त भेटिन्छ ।

कतै सम्मानको शीतलता
पाईन्छ भने, कतै
अपमानको घुँट पनि
पिउँनु पर्दछ ।

कतै प्रशंसाको पुष्पझरि
हुन्छ भने, कतै
निन्दाको काँडा पनि
सहन पर्दछ ।

फेरि पनि जिन्दगीको गति
निरन्तर अघि बढी रहेको छ
यसैको नाम हो जिन्दगी ।
(असम, भारत ।)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

 

तपाइँको प्रतिक्रिया ।