त्रि ज्योति माविको २६ औ ब्याचका विध्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, साउन ६।
काठमाडौँ, साउन ६।
त्रि ज्योति माविको २६ औ ब्याचका विध्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -१२ मा रहेको उक्त विध्यालयबाट एसइइ परिक्षामा उतिर्ण विध्यार्थीहरुलाइ पुरस्कार सहित विदाइ गरिएको थियो ।
विध्यालय संचालक समितिका अध्यक्ष केशव प्रसाद दङालको अध्यक्षता तथा बुढानिलकण्ठ नगरपालिका वडा -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी,नेपाल सरकारका पुर्व सह सचिव नुरहरि खतिवडा सहित विध्यालयका संचालक, अभिभावक तथा विध्यार्थीहरुको उपस्थिति रहेको थियो।
विध्यालयका प्रधानाध्यापक गणेश कुमार मिश्रले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विध्यार्थीहरुको सांगीतिक र रचनात्मक प्रस्तुतिहरु समेत रहेको थियो
तपाइँको प्रतिक्रिया ।

