४३ औं बि.पि. स्मृतिको उपलक्ष्यमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

४३ औं बि.पि. स्मृतिको उपलक्ष्यमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

कपन अनलाइन
काठमाडौँ, साउन ६।

४३ औं बि.पि. स्मृतिको उपलक्ष्यमा गिर्जा प्रसाद कोइराला फाउन्डेसन, बागमती प्रदेश ३ को आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

शिविर आगामी साउन ८ गते, बुढानीलकण्ठ–१०, जुगल नव गुरुकुल  परिसरमा बिहान १०:०० बजे देखि ३:०० बजे सम्म सञ्चालन हुने जानकारी प्राप्त भएको छ।

स्वास्थ्य शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, छाला रोग, हाडजोर्नी तथा नसारोग, नाक कान घाँटी, आँखा, दन्त जस्ता विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन्।

त्यस्तै, चिकित्सकको सिफारिस अनुसार ECG सेवा, ल्याब टेस्ट तथा भिडियो एक्सरे सेवा समेत निःशुल्क रूपमा प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।