गोल्फुटार सांस्कृतिक तथा ब्यापार महोत्सव शुरु,भोलि चर्चित कलाकारहरुको प्रस्तुति हुने

गोल्फुटार सांस्कृतिक तथा ब्यापार महोत्सव शुरु,भोलि चर्चित कलाकारहरुको प्रस्तुति हुने

कपन अनलाइन
काठमाडौँ, साउन ६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको गोल्फुटार मैदानमा गोल्फुटार सांस्कृतिक तथा ब्यापार महोत्सव शुरु भएको छ। श्रावण ६ गते उदघाटन भएको उक्त महोत्सव श्रावण १७ गते सम्म संचालन हुनेछ।

संयुक्त मेला महोत्सव ग्रुप प्रालिको आयोजना र महांकाल युवा क्लवको सहकार्यमा भैरहेको सो महोत्सवमा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयोजक दीपक दाहालले जानकारी दिएका छन।

श्रावण ७ गते बुधवार सो महोत्सवमा गायक डिजराज पौडेल र गायिका सरु गौतमले सांगीतिक प्रस्तुति दिनेछन भने सो स्थानमा विभिन्न स्टलहरु सहित साहसिक र रोमान्चक खेलहरुको पनि संचालन हुनेछन।

केहि समय अगाडी वडा नं १३ को चुनिखेलमा महोत्सव संचालन गरेको संयुक्त मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा   १० दिन सम्म चल्ने उक्त महोत्सवमा दैनिक विभिन्न चर्चित कलाकारहरुले प्रस्तुति दिने संचालक दाहालले बताएका छन।

सो महोत्सव उद्घाटनका अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ६ का अध्यक्ष रवी खड्का, वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन र वडा नं ८ का अध्यक्ष सुमन तामाङ, नगर कार्यपालिका सदस्य राममाया महर्जन, वडा नं ८ का सदस्य बिनोद थापा , वडा सदस्य गोमा मंग्राती सहित सुरक्षाकर्मी तथा  समाजसेवीहरु सहित स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।