शान्तिको कामना : त्रिलोचन आचार्य ( कविता )

शान्तिको कामना :  त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार ६ ।

१. फूलको देशमा, द्वेषको अर्थ के ?
दानका राजमा, लोभको अर्थ के ?
व्यर्थ हो प्रेममा, स्वार्थको चाहना
सत्यको मार्ग हो, शान्तिको कामना
२. साट्छु सम्पत्तिमा, शान्ति भन्नेहरु
शक्तिले ल्याउँला, कान्ति भन्नेहरु
पाउलान् ती कहाँ ? प्रेम सद्भावना
न्यायको रंग हो, शान्तिको कामना
३. सिर्जना फाँटका, शान्त छन् ओठ ती
दिव्य गोधूलिमा, शान्त छन् गोठ ती
शान्त आमा सधैँ – स्नेहको चाहमा
त्यागको बोट हो, शान्तिको कामना
४. घामका नाममा, शान्तिको राश छ
यामका धाममा, शान्तिको बास छ
जालका झेलका खेलका साथमा
साँचिने हैन रे, शान्तिको कामना
५. शान्ति धर्ती स्वयं शान्ति आकाश हो
शान्ति आस्था स्वयं शान्ति विश्वास हो
शान्ति हो साधना, शान्ति आराधना
सृष्टिको मान हो, शान्तिको कामना
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।