दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असार ६ ।
प्रयत्न गर्नु पर्छ सदा असल वस्तु प्राप्त गर्नलाई
संगीतमा लगाव राख्नुपर्छ गायककार बन्नलाई
होहल्लाको जीवन सदा तनाव पूर्ण बन्न जान्छ
त्यसैले असल कुरा चुन्नु पर्छ असल मान्छे बन्नलाई ।
आउ सबै अघि बढौ मातृशक्ति खुशी राख्नलाई
गाहारो भो हामीलाई आमा सदा रोएको हेर्नलाई
बिकृती बाटो लाग्दैछ देश अन्ध धुन्ध नबुझ्ने गरि
जाग अब उठ सबै राम्रो कार्य गरि आमा हसाउनलाई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
