बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा स्टक मार्केट सम्बन्धी तालिम सम्पन्न

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ मा स्टक मार्केट सम्बन्धी तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

बुढानीलकण्ठ नगरपालिका वडा नं ९ युवा परिषदको आयोजनामा स्टक मार्केटसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम २०८२ ज्येष्ठ १५ गतेदेखि शुरू भई ज्येष्ठ २९ गतेसम्म सञ्चालन गरिएको थियो।

१५ दिनसम्म चलेको सो  तालिममा कूल ६० जना सहभागी रहेका थिए। सहभागीहरूलाई सेयर बजारसम्बन्धी आधारभूतदेखि प्राविधिक विश्लेषणसम्मका विषयमा ज्ञान प्रदान गरिएको थियो। तालिममा सुरज कार्की, राजेश कार्की लगायत ९ जनाको प्रशिक्षक टोलीले सहजीकरण गरेका थिए।

समापन समारोहका अवसरमा वडा नं. ०९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता सीप विकासमूलक कार्यक्रमले युवालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेकी छन ।

युवा परिषदका अनुसार आगामी दिनमा समेत यस्तै व्यवहारिक तथा रोजगारीमुखी तालिमहरू सञ्चालन गरिने योजना रहेको छ।

तपाइँको प्रतिक्रिया ।