गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
वेदनाको गीत यो गाएको हिजो
नियतिले झण्डै सताएको हिजो !
कसरी गर्छौ यो हल्लाको खण्डन
आफैंले चर्चा चलाएको हिजो !
पुराना अनि ती रङ्ग खुइलेका
तस्वीर मनमा सजाएको हिजो !
बेकसूर भएछौ, समयको ईन्साफ
निहत्थाको गला दबाएको हिजो !
आज तिमी ठूला, सम्पन्न भाछौ
अभावको ताली बजाएको हिजो !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
