गजल : लक्ष्मी स्मृति
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
थन्केको छ कुनामा मदानी आजकल ।
बुझ्दैनन् उस्को कोहि कहानी आजकल ।
सुन्दरता नै खोज्छन् मान्छेहरू प्रेम भन्दा,
त्यसैले बिक्री छ यहाँ जवानी आजकल ।
न रेल आए, न पानीजहाज गम्दैछन् जनता,
कहाँ गए होलान खै ति फुटानी आजकल ।
रहरहरू पलभरमै गरिरहन्छन् यता उति,
गरुँ, नगरुँ धरापमा छ लगानी आजकल ।
साँचो पिरती गाँस्ने रहर नभएको कहाँ हो
भेटिदैन कतै पनि दिल ऐलानी आजकल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
