गजल : भुवन गाउँले
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
हजुर त मेरो मुटुमा बसेको मान्छे भनेर फुर्कायो नभन्नु
मेरो जीवन तपाइनै जीवनको भान्से भनेर फुर्कायो नभन्नु
तिमी मलाई याद सम्म गर्दिनौ कति सम्झनु तिमिलाई
मन सपनिमा पनि उतै तिर लान्छे भनेर फुर्कायो नभन्नु
प्यारि दुख सुख जीवन चलाउला हामी सोदो पिठो खाई
समाजकै अगाडि मीठो मसिनो खान्छे भनेर फुर्कायो नभन्नु
घाँस दाउरा लेख बेसि गर्नु पर्छ गोठ धन्दा र मेलापात पनि
हप्तै पिचे मेरि माया घुम्न जान्छे भनेर फुर्कायो नभन्नु
विताउला जीवन सँगै भनेर के गर्नु कर्म गर्न परदेश जानुछ
एक्लै छोड्िदन सधैँ आफूतिर तान्छे भनेर फर्कायो नभन्नु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।