साया : विश्वजीत गुप्ता विशाल (कविता )
कपन अनलाइन
काठमाण्डौ, बैशाख १३।
खै म शत्रु भनूँ कि मित्र,
छ ऊ त साह्रै नै विचित्र,
अँध्यारोमा पछि सर्छ,
उज्यालोमा पछि पर्छ ।
जल्दैन कहिल्यै आगोले ।
बाँधिदैन मजबुत धागोले ।
डुब्दैन यो बाढी पानीमा ।
उड्दैन हावा र आँधीमा ।
फाइदा छैन फालेर भिरबाट ।
न हुन्छ केही धनु र तीरबाट ।
दुर्घटनामा परेपनि केही हुन्न ।
विषले नि यसको प्राण छुन्न ।
काट्न मिल्दैन कुनै तलवारले,
चोट लाग्दैन लट्ठीको प्रहारले ।
बन्दुकको गोलीले असर गर्दैन ।
बमको पड्काइले नि यो मर्दैन ।
को होला मसँग गर्ने अतुल माया ?
अरू कोही होइन त्यो हो मेरै साया ।
आशङ्कामा छु, यसलाई के मान्ने ।
सँगाती कि आफ्नो दुस्मन नै ठान्ने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।