बुढानिलकण्ठमा लायन्सको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं , चैत ३१।
बुढानिलकण्ठ नेवापुचले, आउँदै गरेको नयाँ वर्ष विक्रम सम्वत् २०८२ सालको पूर्वसंध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन गरेको छ। शनिवार बुनपा १३ चुनिखेलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै लायन्स क्वल र लियोमा आवद्ध व्यक्ति र नयाँ कार्यसमितिलाई सहभागिता गराएर सम्मानसहित नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वागमती प्रदेश सभा सदस्य जयराम थापाले लायन्स र लियो एक अर्काका परिपूरक भएको र समाज रुपान्तरणको मेरुदण्ढ भएकोमा जोड दिए । उनले युवा पंक्तिको सकारात्म सोच नै आजको आमुल परिवर्तनको सम्वाह भएको भन्दै त्यसकोे उत्पादनको थलो लायन्स हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका काठमाडौं जिल्ला सचिव इन्द्र बहादुर थापा, बुढानिलकण्ठ नेवापुचका संस्थापक अध्यक्ष तथा नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष भाइनारायण श्रेष्ठ, युवा नेता दामोदर भट्टराई ‘बद्री’ लायन्सका राजन श्रेष्ठ, दनार्दन तिमल्सिना, रविन गुरुङ र लियो तर्फ प्रतिभा श्रेष्ठ, सुलभ थकाली ,प्रवेश थापा, पल्पसा श्रेष्ठ र पुष्कर श्रेष्ठसहित ४० जना भन्दा बढिको सहभागिता थियो ।
लायन्स अफ काठमाडौं कलेक्सनका अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमा आफ्नो धारणा राख्दै, लायन्सका मन्दर शिखर वनउपाध्यायले निर्वाचित नयाँ समितिलाई सुझावसहित शुभकामना व्यक्त गरेका थिए ।
आयोजक कमिटीका संयोजक श्रीकृष्ण श्रेष्ठ ‘आयन’ ले यस्ता कार्यक्रमले युवालाई एकत्रित गर्न भूमिका खेल्ने भन्दै साथ सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा लायन्स र लियोमा आवद्ध व्यक्ति ,पत्रकार,समाजिक कार्यमा सरिक प्रभुद्ध व्यक्तिहरुको सहभागिता थियो ।