LEADS को आयोजनामा शिक्षक तालिम सम्पन्न

LEADS को आयोजनामा  शिक्षक तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं , चैत ३१।

Leaders for Education and Development Society( LEADS) को आयोजनामा  शिक्षक तालिम सम्पन्न भएको छ।

नेपाली ,अंग्रेजी , सामाजिक अध्ययन ,बिज्ञान र गणित विषयका करिव १५० जना शिक्षकहरुको सहभागितामा भएको सो तालिममा पाठ्यक्रम र पेडागोजीका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को फेरील्याण्ड इन्टरनेसनल स्कुलमा भएको सो तालिममा कक्षा ४ देखि १० सम्म अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको LEADS का अध्यक्ष विष्णुचन्द्र अधिकारीले जानकारी दिएका छन।

सी तालिममा प्रा. डा. राम प्रसाद ज्ञवाली,डा. बसन्त राज ढकाल ,रमेश अवस्थी, युवराज गौतम लागयतका प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गरेका थिए।

तपाइँको प्रतिक्रिया ।
Close