दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाडौं , चैत २९।

शिखर यात्राको अभियन्ता भनेको
मैले हुनसम्म असल भनेर गनेको
मेरो आस्थाको झण्डा बोक्ने अगुवाले नै
रहेछ यो ओरली यात्राको बाटो खनेको ।

उ त आफन्तै रहेछ
अझ प्रेमी नै परेछ
भनेर दंग परेको त
पराई …… पो छिरेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।
Close