सुनको कविता : त्रिलोचनआचार्य 

सुनको कविता : त्रिलोचनआचार्य 

कपन अनलाइन

काठमाडौं , चैत २९।

१.सुन खेत थियो, सुन गोठ थियो
सुन सागथियो, सुन भोट थियो
सुन अन्नथियो, सुन साहु थियो
तर आजयहाँ, सुन दाउभयो
२.सुन जालभयो, सुन झेल भयो
सुन भेलभयो, सुन जेल भयो
सुन शक्तिभयो, सुन मातभयो
दिनहैन सफा, बरु रात भयो
३.सुन चर्न कुदे, दुनियाँ छलले
सुन भर्न कुदे, दुनियाँबलले
किन पढ्नु परन्तु पुगे सुनमा
सब देश लुटेर डुबे सुनमा
(((((
४.सुन छैनहुँदैन नि उन्नति नै
सुन इज्जतभित्र छ दूर्मति नै
सुन बोक्छ विचार कहाँ कसरी ?
सुन ठान्छ, छ को कहाँ?मसरि
५.सुनतर्फ सलाम छ नित्य सदा
सुनवापतभो सुनसान धरा
सुन टिप्न अनेक छ दुख्ख सधैँ
सुन भाउ बढेर छ मख्ख सधैँ
६.सुन काखछ सन्तति छन् पथमा
दुनियाँदगुरे सुनकै लतमा
सुन बोक्दिनभन्नकहाँ छ बुता?
सुनको रमिता, सुनकै कविता
७. सुनको छ जरातलसम्म दरो
सुन जोड्न तसर्थ सधैँ छ खरो
सुन झल्ल सधैँ अनुहार भरी
सुन बाँच्छ सधैँ व्यवहार गरी  ?
८. सुन धर्म भएपछि शर्म कहाँ?
सुन मर्म भएपछि कर्म कहाँ?
सुन भावभुलेर बिहान उठोस्
सुन राज्यनहोस् र विवेक बँचोस्
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।