दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,चैत २।
धेरैका आँखामा म बुलबुल हूँ
कसैकसैका आखामा म फजूल हुँ
हेर्नेका दृष्टि आ–आफ्नै हुन्छन्
यथार्थमा त म सुन्दर फूल हुँ ।
मन नखोलेर के भो र मसित
चीनी नघोलेर के भो र मसित
बगैँचामा धेरै फूल फुलेका छन्
तिमी नबोलेर के भो र मसित ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।