मेरो नेपाल : निर्जला शर्मा (कविता )

मेरो नेपाल :  निर्जला शर्मा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

हिमालको काखमा बसेको देश,
सगरमाथाले चुमेको आकाश ।
पहाड, तराई, मधेशको मेल,
विविधताले सजिएको हाम्रो खेल ।

दुःख–सुखमा साथ दिने नेपाली मन,
सँधै हाँसिरहने, बलियो जन ।
कला, संस्कृति, परम्पराको धनी,
सत्कार र मायाले भरिएको खानी ।

हामी नेपाली, साहसी र वीर,
देशको मायाले भरिएको शरीर
हिमशिखरका आँसु, बने सागर विशाल,
संस्कृति मोती, गहिरो भावना चाल।

सपनाका लहर, उचालिन्छन् निरन्तर,
सम्भावनाको गहिराई, असीमित अन्तर ।
प्रेमका छाल, छुन्छन् सारा धर्ती,
गौरवको जल, बग्छ अनवरत गति ।

मनका डुङ्गा, चल्छन् आशा बोकेर,
विकासको मार्ग, खोज्दै निरन्तर टेकेर ।
हिमालको काखमा बसेको देश
सगरमाथाले चुमेको आकाश ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।