श्रीमद्भगवत् गीता, चतुर्दशोध्याय : त्रिलोचन आचार्य (कविता )

श्रीमद्भगवत् गीता, चतुर्दशोध्याय : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

श्रीभगवानुवाचः
१. उपदेश म गर्दैछु ज्ञान उत्तम श्रेष्ठ यो
मुनीजनहरू हिँड्ने बाटो परम सिध्दिको

२. सहारा ज्ञानको रोजी, मलाई पाउँने जन
मर्नु जन्मनु पर्दैन, पाउन्नन् दुख्ख यातना

३. हुन्छ ईश्वरको माया त्रिगुणात्मक मूलतः
स्वयं ब्रह्म बनी गर्छु भूत उत्पति भारत !
४. सबै प्राणीहरू हुन्छन् उत्पन्न प्रतिपादन
स्थानीय प्रकृति माता, ईश्वर वा पिता म हूँ

५. आए प्रकृतिबाटै यी सत्त्व, रजो तथा तम
यी तीनै अविनाशी छन् नाशवान् देहबीचमा

६. हुन्छ निर्मल त्यो सत्त्व प्रकाशयुक्त हुन्छ नै
ज्ञान औ सुख्खका साथ–साथमा त्यो रहन्छ नै

७. तृष्णाका साथमा बस्छ रागात्मक रजोगुण
कर्म सङ्गतले देह अँगाल्छ बुझ अर्जुन !

८. “तम“ अज्ञानले बन्छ, प्राणीको प्रिय नन्दन
मद ÷आलस्य ÷ निद्राले देहमा कस्छ बन्धन

९. आशक्त सुखको सŒव, आशक्त कर्मको रज
आशक्ति मदको गर्छ तमले बुझ भारत !

१०. सŒव सार्थक बन्नेछ जितेर रज औ तम
रज सार्थक बन्नेछ जितेर सŒव औ तम

११. सबै इन्द्रीयमा ज्ञान प्रकाश झल्ल चम्किए
सŒव भाव बढेको छ भनेर बुझ्नु पर्छ हे !

१२. लोभ मात्रै बढेको छ कर्मको खोज मात्र छ –
बढेको छ रजो भाव बुझौँ भरत श्रेष्ठ हे !

१३. अप्रकाश ÷अप्रवृत्ति ÷ प्रमाद ÷मोह फैलिँदा –
कुरुनन्दन हे ! जान्नु तमोगुण बढ्यो भनी

१४. सŒवका गुणमा वृध्दि हुँदैमा देह त्यागिए –
मलहीन रही पुग्छन् ब्रह्मलोक भनी बुझे

१५. रजोगुण रहे बन्छ कर्म आशक्त त्यो नर
तमोगुण रहे भेट्छ पशुको स्थान आखिर

१६. सŒव वृध्दि हुँदै कर्म गरेमा फल निर्मल
रजो गुण रहे दुख्ख, अज्ञान भेट्छ झन् तम

१७. सŒवबाट हुने ज्ञान रज लोभ बढाउने
तम अज्ञान वा मोह, सŒव हो सर्वथा गुणी

१८. सŒवको स्थान हो उच्च, राजसी अनि मध्यम
अधोलोकतिरै पुग्छन् तामसी गुणका जन

१९. गुण बाहेक देख्दैन, कर्ता को हो भनेर जो
आत्मा जो गुणग्राही छ त्यही ईश्वरतुल्य हो

२०. देह उत्पतिका गुण जो तीनै जिती आउँछ
जन्म र मृत्युको दुख्ख हुन्न निर्वाण पाउँछ
अर्जुन उवाचः
२१. सŒव रजहरू साथै तम चिन्ने कसो गरी ?
नमान्ने गुण ती को हुन् ? बुझ्दछौँ जन के गरी ?

श्रीभगवानुवाचः
२२. प्रकाश, प्रवृत्ति, मोह आफूभित्र भए पनि
विद्वेष नभए हुन्छ अवश्य पनि त्यो गुणी

२३. उदासीन बनी बस्ने स्थिर भै च्यूत क्यै न भै
गुणी व्यक्ति तिनै हुन्छन् आत्म स्वभाव उच्च नै

२४. सुख्ख दुख्ख उही, मान्ने ढुङ्गा सुन बराबरी
प्रिय अप्रिय उस्तै हुन् – ठान्छन् ती धीर वा गुणी

२५. जो समान बनी दिन्छन् मान वा अपमानमा
मित्र÷शत्रु उही देख्ने गुणी हुन्छन् जहाँ तहाँ

२६. मुमुक्षु ÷अव्यभिचारी ÷ भक्तियोगी छ जो सधैँ
सारा गुणहरू त्यैँ छन्, उसैले मोक्ष पाउँछ

२७. ब्रम्हभाव मिलेको हो गुणातीत र शाश्वत
प्रतिष्ठा सुखका लागि, म नै अमृत तत्व  हूँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close