श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा विज्ञान विषयको शिक्षक माग !
कपन अनलाइन
काठमाडौँ, साउन १९।
श्री भुवनेश्वरी माध्यमिक विद्यालय, सिगास गाउँपालिका–५, खैरखोट, बैतडीले माध्यमिक तहमा विज्ञान विषयको करार शिक्षक माग गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार चौथो पटक प्रकाशित भएको यो सूचना साउन १७ गते जारी गरिएको हो।
विद्यालयले १ जना विज्ञान विषयको माध्यमिक तहका करार शिक्षक माग गरेको छ। छनोट प्रक्रियामा लिखित परीक्षा र अन्तरवार्ता समावेश हुने जनाइएको छ।
पद विवरण:
-
पद: करारअनुसार विज्ञान शिक्षक
-
तह: माध्यमिक
-
विज्ञापन नं.: ०१–०८०/८१
-
पद संख्या: १
-
परीक्षा दस्तुर: रु. १,५००
आवश्यक योग्यता:
-
विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र (शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट)
-
नेपाली नागरिकताको प्रमाणपत्र
-
शैक्षिक प्रमाणपत्रहरू, दरखास्त, दरखास्त दस्तुरको बैंक भौचर
दरखास्त दिने अन्तिम मिति:
-
२०८१/०५/१६ गतेसम्म विद्यालयमा सम्पर्क गरी वा पठाएर दरखास्त दिन सकिनेछ।
परीक्षा मिति र स्थान:
-
२०८१/०५/१७ गते विद्यालयमै परीक्षा सञ्चालन हुनेछ।
सम्पर्क:
फोन: ९८६८४११३७०
ईमेल: [email protected]
