बुढानिलकण्ठमा चैत २ गते उपत्यकाब्यापी सितोरियो कराते प्रतियोगिता हुने

बुढानिलकण्ठमा चैत २ गते उपत्यकाब्यापी सितोरियो कराते प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं , चैत १।
<span;>बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा काठमाडौं उपत्यकाब्यापी सितोरियो कराते प्रतियोगिता हुने भएको छ।
<span;>चैत १ गते बुढानिलकण्ठ – ८ मा रहेको न्युह भो: छेमा  पत्रकार सम्मेलनको आयोजना गर्दै चैत २ गते हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजकले  जानकारी दिएको छ।
<span;> बुढानिलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका संयोजक तथा वडा -८ का अध्यक्ष सुमन तामाङको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य जयराम थापाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा सितोरियो कराते संघका केन्द्रीय सचिव प्रेम लामा , WBC एमेच्योर नेपाल प्रतिनिधि दिपक तामाङ, आठौं साफ प्रतियोगिताका संवरण पदक विजेता राजेश श्रेष्ठ  लगायतको उपस्थिति रहेको थियो ।
<span;>चैत २ गते सनिवार बिहान 8 बजेदेखि नगरपालिकाको प्राङ्गणमा हुने सो प्रतियोगितामा काता र कुमिते दुबै बिधा समेटिएको आयोजकले बताएको छ।
<span;>नेपाल सितोरियो कराते शाखा डोजो गोल्फुटारको संयोजनमा हुने सो प्रतियोगितामा १७ टिम सहित धादिङ र नुवाकोटका खेलाडीहरुको पनि सहभागीता रहेको अध्यक्ष तामाङले जानकारी दिएका छन।
<span;>पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि थापाले बोर्डका संयोजक तामाङ उत्तरीभेगको खेलकुद नक्षेत्र रहेको बताउदै कार्यक्रम आयोजनाका लागि धन्यवाद दिएका थिए ।
<span;>एक दिने सो प्रतियोगिताको समापनमा  विभिन्न बिधाका ६ जना खेलाडीहरुलाई सम्मान गर्ने तयारी समेत गरिएको छ।

तपाइँको प्रतिक्रिया ।
Close