प्रकृति होइन र ? सुदर्शन रोका क्षेत्री

प्रकृति होइन र ?   सुदर्शन रोका क्षेत्री

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

सुन्दर पहाड र टल्कने हिमाल बनाउने प्रकृति होइन र ?
सूर्यको किरणदेखि हिउँ खेल्ने समय दिने प्रकृति होइन र ?

सङ्घर्ष गरी सुखको अनुभूत गर्न सिकाउँछ ऊ
जन्मदेखि तिम्रो शरीरमा चल्ने पञ्चतत्व प्रकृति होइन र ?

हाल देश चलाउने आर्थिक स्तम्भ बनेको छ
हामीलाई विश्वमा चिनाउने अमूल्य भूमि दिने प्रकृति होइन र ?

फल्दै र फुल्दै अघि बढिन्छ प्रकृतिलाई जोगाए
धर्म साक्षी राखी तिमीलाई बनाउने प्रकृति होइन र ?

प्रकृतिलाई नासेर अघि बढे आफैँ नासिन्छ यहाँ
वातावरण जोगाएर अघि बढे आशीर्वाद दिने प्रकृति होइन र ?

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।