नेपालीको अवस्था : हरिकृष्ण सिलवाल (कविता )

नेपालीको अवस्था : हरिकृष्ण सिलवाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

खेती गर्छु भनेर कम्मर कसी, लाग्यो अगाडि मन
धर्तीमाथि ‘म’ पोख्दछु श्रम भनी, बोकी अनेक सद्गुण

लाएँ सीप र शक्ति आर्थिक कुरा, सोचे जति पाइन
सारा हेर्दछु यहाँ सबै वरिपरि, ठगदेखि केही पाइन

अर्काको श्रम खान माहिर यहाँ, ठुलै जमात पाइयो
मैले मात्र गरेर हुन्न भनी मन्, अन्तैतिर लाइयो
विदेशी भुमिको गरेर गुणगान, पुगें अरबको भुमि
पैसा हातभरी भयो तर पनि, बैराग्य मनमा छ नि

सुकाइकन यो शरीरभरिको, सारा रगत नासियो
देशको हित हुने भएन धनले, खर्चालु बन्न पुग्यो

बस्ती बस्न पुग्यो शहर नगर भो, मान्छे बडे भीड भो
आफ्ना किस्मतले कमाउने कुरा, सारा विदेशतर्फ गो

आमालाई रुवाई देश हितको, भएन कौनै कुरा
यस्तै चाल रह्यो याहाँ यदि भने, के हुन सक्ला पूरा

नेता लोभी भए ब्यापारी कपटी, प्रकृतिले झन् ठगी
सच्चा कृषकको चलेन व्यवहार, कस्तै गरेता पनि

विकास गर्ने भनेर भाषण यहाँ, सुनिन्छ रातो दिन
आफ्नो हित शिवाय देश हितको राम्रा कुरा देख्दिनँ

सारा देशभरि सबै वरिपरि, ठगको जमात देखियो
देखेको दुःखको बयान गरियो केही कुरा लेखियो ।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।