दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,फागुन १७।
कुराजनीतिले देश पुग्न जान्छ बिकृतिमा
मनपरी खेल खेल्छ नै आफ्नो स्वीकृतिमा
बिपत्तिको बोझले त सजिलोसँग ठोकिन्छ
अनि त देश बिग्रन जान्छ बिना आकृतिमा
देशको राजनीतिको त मुल नै हो नेता
उसले बाध्न सकोस् निःस्वार्थपनको फेटा
निःस्वार्थपनले समाज सेवा गर्छ भने
उ बन्न सक्छ सफल देशको पक्का नेता ।
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
