चारु : अरुण कुमार (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन १०।
अभ्यास कुसंस्कार र कुरीतिहरू ढालिदेऊ साथी
रूढिवादी सोचहरू पनि फालिदेऊ साथी ।
अझै पनि अँध्यारो छ कतिपय गाउँहरू
त्यहाँ शिक्षाको ज्योती बालिदेऊ साथी ।
चुहिने छानो र भत्केको भित्तो छ त्यहाँ
सकिन्छ सहयोग गरेर टालिदेऊ साथी ।
वृद्धाश्रममा प्रौढहरू अति दुखित छन्
कसै एकलाई अँगाली पालिदेऊ साथी ।
धेरै हिँड्यौ उही बाटो अनि पुरानो पाटो
अब त केही नयाँ कदम चालिदेऊ साथी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।