सोच : चन्द्रा न्यौपाने
कपन अनलाइन
काठमाण्डौ ,फागुन १०।
सोच हो मूल
जीवनको आधार
सुन्दर फूल ।१।
आय र व्यय
नकारात्मक सोच
आलस्यमय ।२।
सकारात्मक
ऊर्जामय जीवन
यो गुणात्मक ।३।
चलमा चल
क्षीण हुँदा चेतना
हुन्छौँ निर्बल ।४।
हो जीवतत्व
चेतनाको यो योग
साह्रै महत्व ।५।
जस्तो विचार
मनोगत तरङ्ग
उस्तै आचार ।६।
रही होशमा
चिन्ता हैन चिन्तन
राम्रो जोशमा ।७।
तलै झरे नि
खानु हुन्न हरेस
जस्तै परे नि ।८।
जीवन मियो
स्वस्थ अनि सफल
सोच बलियो ।९।
छि ! भन्छ मन
आडम्बरी सादगी
सस्तो चिन्तन ।१०।
सोच निकृष्ट
त्याग्न सके घमण्ड
बन्छौं उत्कृष्ट ।११।
बुझ्नै पर्दछ
शान्तिपूर्ण जीवन
चोला सार्थक ।१२।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।