विश्वव्यापी ज्येष्ठ नागरिक विशेष सुचकांक २०१५
हेल्पएज इन्टरनेश्नल नामक अन्तराष्ट्रिय गैह्र सरकारि सस्थाले सन २०१३ वाट ज्येष्ठ नागरिकको अवस्थालाई मापन गर्ने विश्वव्यापी ज्येष्ठ नागरिक विशेष सुचकांक प्रकाशन गर्न सुरु गरेको थियो । यसमा विश्वका ९० भन्दा धेरै देशहरु समावेश गरिएको थियो । सन २०१४ र २०१५ मा ९६।९६ देशहरु समावेश गरिएको छ । यस प्रतिवेदनले विश्वका विभिन्न देशहरुमा ज्येष्ठ नागरिकहरुको जीवन यापन कति गुणस्तरिय छ भनि मापन गर्दछ । यसमा ज्येष्ठ नागरिकहरुको जीवनसगं सम्बन्धित महत्वपुर्ण चार क्षेत्रहरुलाई समावेश गरेर उचित तथ्याङ्कको प्रयोग गरि मापन गरिन्छ ; क) ज्येष्ठ नागरिकहरुको आर्थिक सुरक्षा, ख) ज्येष्ठ नागरिकहरुको स्वास्थ्यको स्तर, ग) ज्येष्ठ नागरिकहरुमा रहेको क्षमता र घ) ज्येष्ठ नागरिकहरुको लागि उचित वातावरणको अवस्थालाई समावेश गरिएको छ ।
यस ज्येष्ठ नागरिक विशेष सुचकांक प्रतिवेदनमा प्रयोग गरिएका मुख्य चार क्षेत्रहरुमा ज्येष्ठ नागरिकहरुको आर्थिक अवस्थाको मापन उनिहरुलाई उनिहरुको देशको सरकारले उपलब्ध गराउने पेन्सनको आधारमा गरिएको छ । यसले ज्येष्ठ नागरिकमा रहेको गरिबी र असमानता घटाउन र परिवर्तित परिवार र समाजमा ज्येष्ठ नागरिकलाई सवल गराउन सहयोग गर्ने विश्वास गरिएको छ । साथै यस प्रतिवेदनमा समावेश भएका प्राय सबै देशमा प्रति चार जना ज्येष्ठ नागरिक मध्ये एक जनाले पेन्सन पाउने गरेको उल्लेख छ ।
त्यस्तै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यको अवस्थालाई मापन गर्न ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुको औसत आयु, उनिहरुको स्वस्थ्यपुर्ण औसत आयु र उनिहरुमा रहेको मानसिक सन्तुष्टिको अवस्थालाई लिइएको छ । यसले सम्बन्धित देशमा ज्येष्ठ नागरिकहरुको लागि उपलब्ध स्वास्थ्य सुबिधाको अवस्थाको उचित जानकारि गराउदछ ।
ज्येष्ठ नागरिकहरुको क्षमता मापनको लागि उनिहरुको रोजगारिको अवस्था, उनिहरुमा रहेको शिक्षाको अवस्था र श्रम बजारमा ५५ देखि ६४ वर्षका ज्येष्ठ नागरिकहरुको रोजगारिको दरलाई उल्लेख गरिएको छ । यसले ज्येष्ठ नागरिकहरुको ज्ञान र अनुभवको उपयोगमा राज्यले दिएको प्राथमिकता र ज्येष्ठ नागरिकमा रहेको क्षमता र सक्रियता दुवैलाई मापन गरि अवस्था अनुसार देशहरुलाई क्रमगत गरेको पाईन्छ ।
९६ देशहरु मध्ये ज्येष्ठ नागरिकहरुको लागि सबैभन्दा सहज वातावरणको मापन गर्नकोलागि सार्वजनिक यातायातमा सम्बन्धि देशको सरकारले उनिहरुलाई दिएको सुविधा र प्रयोग, उनिहरुको व्यतिmगत सुरक्षको अवस्था, सामाजिक सम्वन्ध र नागरिक स्वतन्त्रतालाई लिएर मापन गरिएको छ । यसले सम्बन्धित देशमा ज्येष्ठ नागरिकहरुको लागि कति अनुकुल वातावरण छ भन्ने अवस्थाको जानकारि गराउदछ ।
हाल विश्वमा ९० करोड १० लाख ज्येष्ठ नागरिक रहेको विश्वव्यापी ज्येष्ठ नागरिक सुचकांक २०१५ मा उल्लेख गरिएको छ । यो जनसङ्ख्या कुल जनसङ्ख्याको १२ प्रतिशत हुन आउदछ । सन २०५० मा पुग्दा ज्येष्ठ नागरिकहरुको जनसङ्ख्या २ अरब १० करोड अर्थात विश्वको कुल जनसङ्ख्यामा २१.५ प्रतिशत हुने निश्चित भई सकेको छ ।
आजको विश्वमा युवाहरुको जनसङ्ख्या विश्वको कुल जनसङ्ख्यामा ३० प्रतिशत भन्दा बढि रहेको छ । तर सन २०५० मा ज्येष्ठ नागरिक जनसङ्ख्या युवाहरुको भन्दा धेरै हुने अनुमान संयुतm राष्ट्रसघंको जनसङ्ख्या विभागले गरेको छ । साथै विश्वका केहि विकसित देश जस्तै जापानमा वर्तमान समयमा नै ज्येष्ठ नागरिकहरुको जनसङ्ख्या त्यंहाको कुल जनसङ्ख्याको ३४ प्रतिशत भन्दा धेरै रहेको छ ।
नेपाल जस्ता कम विकसित देशहरुमा हाल युवा जनसङ्ख्याको बाहुल्यता रहेको छ । नेपालमा युवाहरुको वाहुल्यताको समय आगामी ३०।४० वर्ष मात्र कायम रहनेछ । नेपालमा वार्षिक जनसङ्ख्याको बृद्धि हाल १.४ प्रतिशत मात्र रहेको केन्द्रिय तथ्याङ्क विभागले सन २०१५ मा उल्लेख गरेको छ । तर ज्येष्ठ नागरिकहरुको बृद्धि भने ३.५ प्रतिशत छ । साथै मृत्युदरमा भईरहेको गिरावट र प्रजनन्को गिरावटले औसत आयुमा उच्च रुपमा बृद्धि भई रहेको छ । सन २०५० सम्म नेपालको कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिकहरु झण्डै २१ प्रतिशत हुने निश्चित छ ।
सन २०१५ मा विश्वका ९६ देशहरुलाई समावेश गरिएको छ । विश्वका कुल ज्येष्ठ नागरिकहरु मध्ये ९६ देशहरुमा वसोवास गर्ने ज्येष्ठ नागरिकहरुको सङ्ख्या झण्डै ९१ प्रतिशत रहेको छ । यो वर्षको ज्येष्ठ नागरिक विशेष सुचकांकमा ९६ देशहरु मध्ये स्विजरल्यान्ड पहिलो स्थानमा रहेको छ । पहिलो स्थानको अर्थ ज्येष्ठ नागरिकहरुकोलागि स्विजरल्याण्ड सबै भन्दा राम्रो देश भएको छ । सन् २०१३ मा पहिलो स्थानमा रहेको स्विडेनलाई यो वर्ष तेस्रो स्थानमा रहेको छ भने सन् २०१४ मा पहिलो स्थानमा रहेको नर्वे यो वर्ष दोस्रो स्थानमा रहेको छ । अफगानिस्तान सन् २०१३ देखि नै अन्तिम स्थानमा रहेको छ । नेपाल भने सन २०१३ मा ७७ औ स्थानमा रहेको थियो सन २०१४ र २०१५ मा ७० औ स्थानमा रहेको छ ।
अन्त्यमा आज यस प्रतिवेदनको विश्वव्यापि विमोचन हुदैछ । यसलाई खोजी खोजि पढौ हाम्रा ज्येष्ठ नागरिकहरुको अवस्थालाई सवल गराउन र आगामी केहि वर्षमा नेपालका ज्येष्ठ नागरिकहरुको सम्पन्न आर्थिक अवस्था, उचित स्वास्थ्य सुविधा, आवश्यक क्षमता र उचित वातावरणको लागि काम गर्न सुरु गरौ । ताकि हामि ज्येष्ठ नागरिक हुदा सहज जीवन यापन गर्न सकौ ।
लेखक भूमिदत्त पौडेल कपन बहुमुखी क्याम्पसका प्रमुख तथा जिङ् नेपालसगं आवद्ध हुनुहुन्छ ।
यो पनि पढ्नुहोस् दिगो विकास लक्ष्य प्राप्तिमा युवा सहभागिता