विद्यार्थी मृत अवस्थामा फेला

तनहुँ, २२ भदौ । व्यासनगरपालिका–१० स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

व्यासनगरपालिका–७ घर भई हाल व्यास–१ भादगाउँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएका पूर्णबहादुर राना मृत अवस्थामा फेला परेका हुन् ।

व्यासनगरपालिका–१ स्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसर नजिक राना सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रेमशङ्कर चौधरीले शव दुर्गन्ध अवस्थामा भेटिएको जानकारी दिँदै घटनाबारे अनुसन्धान जारी रहेको बताउनुभयो ।

मृतक राना झुन्डिएको अवस्थामा भेटिए पनि हातखुट्टामा गहिरो चोट लाग्नुका साथै लिङ्गसमेत काटिएको अवस्थामा भेटिनुले शङ्का उत्पन्न भएको पीडित पक्षले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।