समाज सेवा : बिक्रम श्रेष्ठ ‘सागर’ (लघुकथा)
आफ्नो मनले नखाएको, नचाहिदो काम वा अरुलार्ई नपच्ने कार्यबाट सधै टाडा रहने ज्ञानेन्द्र मान आपूmले गरेको कार्यबाट कोहि पनि बिक्षिप्त न होस तर आनन्दीत एवं रमाइलो संगै विनोदाभाषको अनुभव अवस्यनै होस भन्ने अवधारणा बोकी सहयोग गर्दै हिड्ने सवैको प्यारो व्यक्तित्वका धनी सदा झै आफ्नो पसल खोलेर बसीरहेको थियो । ग्राहकको उपस्थीती अघि पछि भन्दा निकै कम थियो । मध्यान्नको समय सगै जाँगर कम भइ आलस्य बढिरहेको थियो । आलस्यता व्यक्तिको दुश्मन हो भन्ने ठानी “हा ई ई” गर्दै नजिकै रहेको पत्रिका उठाएर आँखा डौढाउन थाले ।
“सामाजिक सेवा धर्म हो जस्को प्रतिफल तत्काल प्राप्त हुन नसके पनि कालान्तरमा यस्ले महत्व र पहिचान बोक्न सामर्थ राख्दछ । झट्ट हेर्दा, सुन्दा, देख्दा हास्यस्पद भएता पनि जानी नजानी गरिएको कुनै कार्य कालान्तरमा सार्थक वा पहिचान बन्न सक्दछ ।”
डौडिरहेको आँखा अडियो तर मस्तिष्कको डौड भने अन्तै मोडिने क्रममा ज्ञानेन्द्र मान आफुले गर्ने कार्य नौलो होस र अरुले जस्तै किन गर्नु पर्छ र ? भन्ने सोचमा डुब्दै तैरिन खोजीरहेका थिए ।
“नमस्ते ज्ञानेन्द्र जी” भन्ने आवाजले झस्किएर आवाज तर्फ हेर्दै “अहो ! रमेश जी धेरै पछि” भन्दै अघि बढाउदै गरेको कार्ड हातमा लिई ओल्टाइ पल्टाइ हेर्दा आफनै स्कूले साथीको छोरीको बिहेको निमन्त्रणा रहेको बुझे संगै अन्तिम पंक्तीमा “जिन्सीको कष्ट नगर्नु होला” लेखेको देखे ।
जिन्सीको बानी परेको ज्ञानेन्द्र मानलाई बिहेमा अवस्य जानु नै थियो तर कसरी अव के गर्ने भन्नेमा सोच मग्न भए ।
“के सोचमा पर्नु भयो ?” भन्ने मित्रको प्रश्नले झस्कीए । तब हास्दै कुराकानीको क्रममा उक्त मित्रले गच्छे अनुसार नगद खाममा राख्नेबारे प्रस्ट्याइ दिए ।
मन मनै केही सोच्दै एउटा खाममा रु. १००, रु.५०, रु.२०, रु.१०, रु.५, रु.२, र रु. १ को नगद क्रम मिलाएरा राख्दै गरेको मित्रले देखेर आश्चर्य भावका साथ “ के गर्नु भएको मित्र त्यो ? अनी किन नी ? भनी सोधे ।
मुसुमुसु हास्दै ज्ञानेन्द्र मान गर्वका साथ “समाज सेवा गरेको ! ” भनी प्रतिउत्तर दिए ।
अपत्यारिलो एवंं नबुझेको भाव प्रकट गर्दै “कसरी ! मैले बुझिन नी ?” भनी पुनः सोधे ।
ज्ञानेन्द्र मान आफ्नै शलीमा “आज भोली धरैलाई रु. १, रु. २ को नोट कस्तो हुन्छ भन्ने ज्ञात हुन छोडि सकेकोछ मित्र ! त्यसै गरी भविष्यमा रु. ५, रु. १०, रु. ५० गर्दै रु. १०० पनि कस्तो थियो होला भन्ने हाम्रा सन्ततीहरुमा जिज्ञासा हुन पनि कत्ति बेर लाग्दैन होला भन्ने मलाई लागेकोछ । अतः कम्तीमा आजको नव दम्पतिले यो कुरा जानोस, बुझोस र बुझाओस भनेर हो क्या । अनी भएन त समाज सेवा, कि कसो .. मित्र ?” हा ….हा…. हा.. ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक