रचनात्मक अभ्यासमा श्री बालकुमारी माध्यमिक विद्यालय, बुढानिलकण्ठ -१२

रचनात्मक अभ्यासमा श्री बालकुमारी माध्यमिक विद्यालय, बुढानिलकण्ठ -१२

कपन अनलाइन

काठमाण्डौ, जेष्ठ १ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको श्री बालकुमारी माध्यमिक विद्यालयले शिक्षक तथा कर्मचारीहरु संग कार्यसम्पादन सम्झौता गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केदार राज पुडासैनीको अध्यक्षतामा भएको सो कार्यक्रममा गत शैक्षिक सत्रमा उत्कृस्ट कार्यसम्पादन गर्ने शिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गरिएको थियो।

त्यस्तै सो अवसरमा विद्यालयले आगामी ५ वर्ष सम्मको योजना तथा कार्यक्रम समावेस गरेर विद्यालय सुधार योजना समेत सार्वजनिक गरेको थियो।

उक्त कार्यक्रममा वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, वडा सदस्यहरु डिल्ली प्रसाद खतिवडा , इश्वरी भट्टराई, मिना बयलकोटी, संस्थापक अध्यक्ष शिव प्रसाद न्यौपाने, आत्मविकास आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मराज थापा, श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम भण्डारी लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर राईले संचालन गरेको सो कार्यक्रममा वक्ताहरुले विद्यालयले गरेका सुधारका कामको प्रसंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।