गीत : जनार्दन अधिकारी ‘धड्कन’
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
तिम्रो खुशी खोसेछु क्यारे अर्कोबाट मैले
जिन्दगी नै नयनबाट गण्डकी भो अहिले
जिन्दगी नै नयनबाट गण्डकी भो अहिले
धड्कनको ताल सँगै नचाउँछु भन्थ्यौ
यो मनलाई मायाले नै सजाउँछु भन्थ्यौ
युगै बित्न लागि सक्यो पालो अउने कहिले ?
तिम्रो खुशी खोसेछु क्यारे अर्कोबाट मैले ।
हजार, लाख, करोड पुग्न थप्ने शून्य नै हो
अपराधिलाई क्षमा दिनु भन्छन् पुण्य नै हो
जति घृणा गर्छौ गर माया गर्छु जहिले
तिम्रो खुशी खोसेछु क्यारे उताबाट मैले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।