टुक्का कविता : प्रमोद नेपाल

टुक्का कविता :  प्रमोद नेपाल

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६ ।

१ दुःखमा मान्छे किन भुल्दछ
धर्ममा लागे भाग्य खुल्दछ ।

२ पार लगाउ जीवन नैया
हे मेरो अतिप्रिय खेवैया ।

३ नहिड्नु सकभर मध्यरात कोही
हुन्छ निशाचर सक्रिय बेला सोही ।

४ दैवको महिमा छ अपरम्पार
भागवत गीता जीवनको सार ।

५ नभमा उदाउछन् रातमा तारा
दृश्यले रमाउछन् पृथ्वीमा सारा ।

६ रहोस है भावना मनमा कर्मका
बढोस कामना हृदयमा धर्मका ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।