छन् : ढुण्डिराज मरासिनी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
कसैले देश मेरो हो म रक्षा गर्छु भन्दै छन्,
कसैले देश बेचेर नगद्को रास गन्दैछन् ।
छिनो फानो हुने कैले आआफ्नै भाग को निम्ति –
यी सोझा देशमा बस्ने सबैको काल बन्दैछन् ।
बचेको देशको हिस्सा पनि बेचीसके क्या रे,
त्यसैले होकि पारीका यतै आएर खन्दैछन् ।
नभन्दै एम् सि सी ले नि यतै डेरा जमायो रे,
बिदेशी देशमा हाम्रै धरामा मस्त रम्दैछन् ।
अनि नेपाल नेपाली जति सप्पै निखारेर,
रजाइँ गर्न के गर्ने हुँदै गम्भीर गम्दैछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।