हिस्स : उमानाथ दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३१।
सबैका अनुहार उज्याला छन् । रातो साडीमा सजिएका उनीहरू नृत्य गर्न तयार भए । गीत बज्यो “तीजको लहर आयो बरी लै …….” केही महिलाहरू सामूहिक नृत्यमा लागे । पर्तिर दर पकाउने टोली आफ्नो जिम्मेवारी पूरा गर्दै थियो ।
दर्शकको राम्रै भीड थियो । उनीहरू पनि गानाको तालमा झुम्दै भरपुर मजा लिईरहेका थिए ।
छेवैको फरक पहिरनको गीताको नेतृत्वको दर्शक टोली पनि नृत्य हेर्दै थियो तर त्यो टोलीका सदस्यले खासै डुबेर मनोरन्जन लिएका थिएनन् । उनीहरूले ताली पनि बजाएका
थिएनन् ।
पहिलो नृत्य सकियो । गीताले अगाडि बढेर भनी “अब हाम्रो पालो ।”
पहिलो टोलीका नृत्यकारहरू छेउ लागे ।
टोली तयार भएपछि गीताले कराएर भनी– “ल गीत बजाइदिनु त, अगि भनेको ।” निकैबेर प्रयास गर्दा पनि गीत बजेन ।
“खै त गीत किन यस्तो ढिलो ?” गीता गीत बजाउने तर्फ हेरेर कराई ।
“कुन गीत हो ? बज्न नमानेको ।” एउटा दर्शकको आवाज आयो ।
गीताले गीतको बोल बताई नसक्तै उही दर्शकले भन्यो– “ए त्यो गीत त उच्छृङ्खल भनेर आजै बिहानदेखि बन्द गर्यो नि सरकारले, थाहा छैन ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।