महक : शुक्रराज कुँवर (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३१।
“आहा ! कति मिठो वासना, कुन धूप सल्काएको ?” उसले बैठक कोठाको सोफामा बस्दै साथीलाई भन्यो । फेरि जिज्ञासा राख्यो, “हैन ! धूप सल्काए जस्तो त लाग्दैन, कि कुनै अत्तर छर्क्यौ ?”
उसको कुरा सुनेर साथी मुसुमुसु हाँसिरह्यो । “किन हाँसेको” उसले फेरि सोध्यो ।
“न मैले धूप सल्काएको हो न कुनै अत्तर छर्केको” साथीले भन्यो ।
“अनि यो वासना चाहिँ के को त ? कि यो मेरो भ्रम हो ? ऊ झनै उत्सुक भयो ।
“यो तिमीमा स्वस्फूर्त स्फुरण भएको सकरात्मक उर्जा हो ।” साथीले खुसी हुँदै भन्यो ।
“कसरी ?मैले बुझिन नि ! उसले भन्यो ।
रहस्य खोतल्दै साथीले भन्यो “गुणी उपकारी मान्छे जहाँ जान्छ उसले महक छोडेर जान्छ भर्खरै यहाँ मदर टेरेसाकी सच्चा अनुयायी समाजसुधारक नेपालमाता आउनुभएको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।