धन्यवाद : होम सुवेदी ( लघुकथा)
कपन अनलाइन
काठमाडौं, भदौ २२।
काठमाडौं, भदौ २२।
“हाकिम साहब नमस्कार !”
“नमस्कार नमस्कार । को बोल्नु भो ?”
“म धनप्रसाद बोलेको हाकिम साहब !”
“ए ए ।बुझेँ । काम सकियो है ।”
“हो हाकिम साहब । हिजै सकियो पिताजीको तेर दिनको काम ।”
“हेर्नुहोस् यस्तै हो कुनै कुनै दिन हामी सबको बाटो त्यही हो । अनि के कामले फोन गर्नु भो ?केही समस्या पो भयो कि ?”
“भएन हाकिम साहब । खाली हजुरलाई धन्यवाद दिनका लागि फोन गरेको थिएँ ।”
“केका लागि र त्यस्तो धन्यवाद ?”
“हजुरले मलामीको जुन बन्दोबस्तो गर्नुभएको छ यो ता सारै राम्रो गर्नु
भएको छ ।”
“हैन हामी त ज्यालामा मलामी पठाउने हो । ज्याला लिएर मलामी पठाउने कुरा भएपछि ता धन्यवादको के कुरा आयो र ?”
“होइन, तैपनि एउटा कृतज्ञता जाहेर गरौँ भनेर नि । ज्यालामै पनि मलामी कता पाउनु र अब ? अनि बिबाहका लागि जन्तीको आपूर्ति पनि गर्नुभएको छ कि त्यस केन्द्रबाट कि मलामी मात्रै हो ?”
“जन्ती भनेपछि समाजमा सबै नाच्न पाइने, खान पाइने गाडी चढेर सयर गर्न पाइने । जन्ती ता कसैले आपूर्ति गर्नै पर्दैन । जन्ती जाने जति पनि छन् मलामीको हो समस्या । त्यही आपूर्ति गरिन्छ । अनि त्याँ अरु ता जरुरी परिहालेको छैन होला नि ?”
“आमा अलिक बिरामी हुनुहुन्छ । चाहिएछ भने म भने म भनौँला नि !”
“हस् हस सम्पर्क गर्दै गर्नुहोला ।”
“धन्यवाद हजुर !”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।